पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित

काठमाडौँ, ९ साउन/ रौतहटमा कार्यरत पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिटप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, महासंघको एसोसिएट प्रदेश समिति र नेपाल पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा भर्त्सना गरेका छन्। साउन ८ गते बिहीबार मौलापुर नगरपालिका–५, सोनरनियामा विकास निर्माणका कामबारे अनुसन्धान गर्न गएका यादवमाथि पूर्वमन्त्रीका छोरा विवेक साह, रञ्जित साह, अञ्जित […]