पत्नीलाई मुक्का-लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पति पक्राउ

वीरगंज, १८ साउन । पत्नीलाई लाठी प्रहार गरी हत्या गरेको आरोपमा पर्सा जिल्लाबाट एकजना पति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । साउन १७ गते ६ः३० बजे जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं.५ शंकरसरैया बस्ने वर्ष ३२ को जितेन्द्र माझी मुशहरले घरायसी वाद–विवादका कारण मादक पदार्थ सेवन गरी आफ्नै पत्नी वर्ष २४ की […]