वीरगंजमा सर्वाधिक वर्षा, ४० जिल्लामा रेड अलर्ट

वीरगंज, १८ असोज । पछिल्लो २४ घण्टामा पर्साको वीरगंजमा ११७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन देशभरिमा सबैभन्दा बढी हो। पर्साकै मुडली र रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ। यसका साथै बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६ र गरूडामा ८९.६ मिलिमिटर वर्षा भएको तथ्याङ्कले जनाएको छ । भारी वर्षाले गर्दा जल तथा मौसम विज्ञान […]
मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खस्यो

चितवन, १८ असोजः इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो […]