अवैध सम्बन्धका कारण युवकको विमलेशको हत्या

जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको प्रहरीले जनाएका छन् । सोमवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले युवतीलाई सार्वजनिक गरेको हो […]
५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज, ४ साउन । पाँच किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लाको डुमरा निवासी २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर स्कुल नजिकैबाट शर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ […]
लागूऔषध ओसारपसारमा संलग्न तीनजना पक्राउ

वीरगंज, ३२ असार । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध एम्पुल ओसार पसार कार्यमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । असार २९ गते बारा जिल्लाको आदर्श कोतवाल गा.पा.वडा नं.४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेटमा बेवारिसे अवस्थाबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्र जयनगर बाराबाट खटिएको प्रहरी टोलीले […]
मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौँ, ३१ असारः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो । मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको राससलाई बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले […]
महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

वीरगंज, ३० असार । वीरगंज महानगरपालिकाले वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ । सोमवार नगर प्रमुख राजेशमान सिंहले ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको सहजीकरणको लागि पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म कार्यरत ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई […]
वीरगंजमा मिनरल वाटरको कालोबजारी

वीरगंज, २९ असार । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजको मुख्य स्थान बसपार्कमा खानेपानीको कालोबजारी शुरु भएको छ । वीरगंज महानगरपालिकामा खानेपानीको हाहाकार भएको मौका छोप्दै मिनरल वाटर बिक्रेताहरुले मनपरी ढंगले रु २५ देखि ३० रुपैयाँ सम्म लिने गरेका छन् । वीरगंज बसपार्कबाट नेपालको अधिकांश ठाउँमा बस सेवा सञ्चालनमा छ । बसपार्कमा दिनहुँ हजारौं यात्रीहरु ओहरदोहर […]
२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बिहान वीरगंज बसपार्कमा स्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेर गरिएपछि वीरगंज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो । प्रमुख अतिथि मेयर सिंहले भानुभक्त आचार्य नेपाली […]
टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ । मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन् । यसमा अनलाइन स्पेसहरू पनि समावेश छन् । […]
खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा टंकीमार्फत आपूर्ति गर्दै आएको र ट्यांकरमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको जानकारी गराउनुभयो । उहाँले पाइपलाइन पुगेका ठाउँहरूमा धारा जडानको प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा […]
सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ । असार २४ गते बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा वीरगंज बाट काठमाण्डौ जाँदै गरेको ना ८ […]