होलीमा चर्को आवाजमा डिजे नबजाउन प्रशासनको आग्रह

वीरगंज, २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलवार विज्ञप्ति जारी गर्दै होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग नलगाउन आग्रह गरेको छ । विज्ञप्तिमा जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृंखल व्यवहार गर्नु कानुनविपरीत रहेको प्रजिअ गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता […]
अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ । कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई हिवल चेयर र […]
जुनियर टि–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

वीरगंज, २६ फागुन । नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री जीतेन्द्र सोनलले गरेका छन् । सोमवारदेखि वीरगंजको नारायणी रंगशालामा शुरु भएको टुर्नामेन्टको उद्घाटन गर्दै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरेसंगै अब प्रदेशमा खेलकुदप्रति सरकारले काम गर्न पाउने बताए । उनले मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न […]
चरेससहित तीनजना पक्राउ

वीरगंज, २५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले करीब ७ किलो लागु औषध चरेससहित ३ जना मानिस पक्राउ गरेको जनाएको छ । फागुन २४ गते राति ८ः३० बजेको समयमा प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.२ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, जिल्ला […]
पोखरियामा नापी र मालपोत कार्यालयको उदघाटन

वीरगंज, १५ फागुन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएको छ । बिहीवार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले कार्यालयको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ग्रामीण भेगका नागरिकलाई अब सेवा लिन वीरगंज वा काठमाडौं धाउनु नपर्ने बताए। उनले समय र […]
blogger pro theme download

link below drive.google.com/drive/folders/1GqYRVu01Kemy8_F96Gx1MTgz_WiuZNbH
महाशिवरात्रीको अवसरमा शिवालयमा मेला

वीरगंज, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुधवार पर्सा र बाराका शिवालयहरूमा दर्शनार्थीहरूको उल्लेख्य घुइचो लागेको छ । वीरगंजको पशुपतिनाथ मन्दिरलगायत पर्साको ग्रामीण क्षेत्रमा रहेका विभिन्न शिवालय तथा बारा कलैयाका शिव मन्दिरमा विहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो भने मेला पनि लागेको थियो । अखण्ड रूद्री पाठ तथा विशेष पूजा अर्चना भएको थियो । […]
मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै, मधेश प्रदेश […]
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो । “केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती […]
मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका

वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संयुक्त रूपमा पहल शुरू गरेका छन् । आज स्थानीय क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको पहिलो चरणमा वीरगंजका प्रायः सम्पूर्ण होटल एवं स्पाका प्रोप्राइटर र प्रबन्धकहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन […]