ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसघारीमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले बताए । प्रहरी बेस क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बेवारिसे अवस्थामा राखिएको […]
इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर टीमलाई १६५ रन अन्तरले पराजित गर्दै अल्पाइन मावि वीरगंज विजयी भएको छ । आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने […]
स्ववियू निर्वाचनको मतगणना सुचारू गर्न पर्साका राजनीतिक दलहरूको जोड

वीरगंज, १२ चैत । ठाकुर राम क्याम्पस वीरगंजमा सम्पन्न स्ववियू निर्वाचनको रोकिएको मतगणना सुचारू हुनुपर्ने पर्साका अधिकांस राजनीतिक दलहरू एकमत भएका छन । आज जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकमा ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनुपर्नेमा पर्साका राजनीतिक दलहरूले जोड दिएका हुन् । बैठकले फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई […]
ग्लोबल मनी वीक २०२५ को अवसरमा -याली

वीरगंज, ९ चैत । ग्लोबल मनी वीक २०२५ को अवसरमा शनिवार वीरगंजमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा -याली आयोजना गरेका छन् । माइस्थान प्रांगणबाट शुरू भएको -याली घण्टाघर पुगेपछि औपचारिक कार्यक्रम सहित सम्पन्न भएको थियो। -यालीमा कर्पाेरेट डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, […]
१०३ किलो गाँजासहितको ट्रक नियन्त्रण

बारा,७ चैत । सशस्त्र प्रहरीले बाराबाट १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बाराको रामनगरबाट कोतवाली जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीले चेक जाँच गर्दा चालक बस्ने सिटको […]
पच्चीस करोड विदेशी मुद्रा बरामद

काठमाडौँ, ५ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ । राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो । ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार […]
बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० सय पिस प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ । प्रहरीलाई देखेपछि उक्त व्यक्तिले प्लाष्टिकको बोरा फाली भाग्ने कोशिश गरेको थियो । बोराबाट डाइजेपाम, नूरफिन, र फेनारगन लगायतका प्रतिबन्धित औषधी १५०० बरामद भएको प्रहरीले जनाएको छ […]
जिल्ला इन्चार्जले पार्टीको विद्यानविपरीत आफूलाई कारबाही गरेको भ्रम फैलाए–अरमान

वीरगंज, २९ फागुन । नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतोले पार्टीको विद्यान विपरित शेख अरमानलाई कारबाही गरेको भ्रम फैलाएका छन् । नेकपा माओवादीबाट पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा लागेका नेता अरमानलाई जिल्ला इन्चार्ज बिजय महतोले कारबाई गरेको भ्रम फैलाएका हु्न् । छिपरहरमाई गाउँपालिकाका एक महिलासंग जबर्जस्ती करणी भएको मु्द्दामा आफूले […]
होलीमा चर्को आवाजमा डिजे नबजाउन प्रशासनको आग्रह

वीरगंज, २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलवार विज्ञप्ति जारी गर्दै होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग नलगाउन आग्रह गरेको छ । विज्ञप्तिमा जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृंखल व्यवहार गर्नु कानुनविपरीत रहेको प्रजिअ गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता […]
अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ । कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई हिवल चेयर र […]